खानेपानी मन्त्री यादवले दिए राजीनामा

51

काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

उनले भनेका छन्,‘प्रिय युवा भाइ बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सुत्रधार हुनुहुन्छ ।

हिजो ‘जेन जी’ युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

समाचार वर्गहरू