गण्डकीमा आज सार्वजनिक बिदा

73

काठमाडौं – गोरखाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका भित्र अत्याधिक मात्रामा रहेका चेपाङ जातिहरुको महान् चाड (छोनाम) न्वागी  पर्बको अवसर पारेर गाउँपालिकाले आज सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

पालिकाले धर्म र संस्कृतिको सम्मान गर्दै पालिका भित्रका चेपाङ समुदायको न्वागी पर्वमा सार्वजानिक बिदा दिने भदौ ६ गते बसेका कार्यापालिका बैठकले निर्णय गरेको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाईले जानकारी दिए ।

अल्पसङ्ख्यक अति सिमान्तकृत चेपाङ समुदायले हरेक वर्षको भदौ २२ गते सामुहिक रुपमा छोनाम न्वागी मनाउदै आएकाले उनिहरुको मुख्य चाडपर्ब न्वागी अर्थात् नयाँ अन्नबाली भित्र्याएपछि उपभोग गर्नु अघि प्रकृति देबी देवता, पृति र कुललाई चढाउने परम्परा अनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

आज पालिका भित्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य सस्था एवम् अन्य संघ संस्थाहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत भुबन चापागाईद्वारा हस्ताक्षारित सूचनामा भनिएको छ ।

समाचार वर्गहरू