गृहमन्त्री लेखकले दिए राजीनामा

75

काठमाडौं – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । बैठकको निष्कर्षपछि गृहमन्त्रीले राजीनामा दिने तयारी पुगेका थिए ।

कांग्रेसको बैठक सकेर मन्त्रिपरिषदको बैठकमा सहभागी हुन बालुवाटार पुगेका लेखेकले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

जेन जीले काठमाडौंसहित देशका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको हो ।

समाचार वर्गहरू