चचहुई गर्नु पर्दैन, चार जिल्लामा सुनुवाइ बाँकी छ – सुर्य थापा

109

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति तथा एमाले सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसियाली बनाउनुपर्ने कारण नहरेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा ६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै उनले चचहुई गर्नुपर्नेको औचित्य नरहेको टिप्पणी गरेका हुन् ।

थापाले काठमाडौं, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसियाली मनाउन हतार नगर्न पनि उल्लेख गरेका छन् ।

सुर्य थापाको स्टाटस जस्ताको तस्तै –

रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट !!
रवी निर्दोष छन्- हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ- सरकार म-यो/जुठो बार !!
अनुसन्धान-अभियोजन-हिरासत- राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई- न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग- छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!

अदालतको आदेशअनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनीसँगै उक्त मुद्दाका ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ।

प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

समाचार वर्गहरू