चितवनको खैरहनीमा कांग्रेस विजयी

16

(चितवन) –  चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार भएका देवबहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर विजयी भएका हुन् । नेकपाका बेद बहादुर अधिकारीलाई १ सय ५२ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन् ।

यस्तै, चितवनको खैरहनी ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन् । उनले ८ सय ४२ मत ल्याएर विजयी भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी नेकपाका पुन नारायण प्रधानलाई कार्कीले ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत ल्याउँदा प्रधानले ७५६ मत प्राप्त गरेका थिए ।

समाचार वर्गहरू