‘चुनावमा प्रतिस्पर्धा गरौंला देश मिलेर निर्माण  गरौं ’ – प्रधानमन्त्री ओली

87

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक समारोहकाबीच राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी  निर्माण गरिएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोही नहरबाट उत्पादन भएको ४.७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको समेत औपचारिक शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया सिँचाईआयोजनाले कैलालीको लम्की चुहा,टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका किसानलाई सिँचाई सुविधा पुग्ने बताए । रानी जमरा कुलरिया सिँचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सम्पन्न भएपछि कैलालीको पश्चिम कान्द्रा सम्म पुग्ने सिँचाई नहर निर्माणकालागि तेस्रो चरणको काम सरकारले छिट्टै शुरु गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अव कर्णाली नदीबाट चाहेको बेलामा पानी ल्याउन सक्ने ब्यवस्थित नहर बनाएको वर्षातको समयमा कर्णाली नदी बस्तीमा पस्छकी भन्ने डर अव नरहेको बताए । सोही नहरबाट उत्पादिन विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थोरै भएपनि विद्युतमा योगदान पुर्‍याएको चर्चा गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको हस्ताक्षर अभियान तथाकथित भन्दै  प्रधानमन्त्री ओलीले भने ‘हस्ताक्षर गर्दै जाँदा कतै तिन करोड भन्दा बढी होलानी ’। नेकपा एमालेका अध्यक्ष समेत रहेका  प्रधानमन्त्री ओलीले संसदमा लोकतन्त्र र गणतन्त्र विरोधीहरु पनि भएकाले संसद बहिस्कार गर्नु कुन ठूलो कुरा भयोर भन्दै ब्यवस्था विरोधी  र तरमाराहरुबाट के अपेक्षा राख्न सकिन्छ र? प्रश्न गरे । प्रधानमन्त्री ओलीले एक प्रसङ्गमा भने ‘चुनावमा प्रतिस्पर्धा गरौंला देश मिलेर निर्माण  गरौं ’ ।

कार्यक्रममा उर्जा जलस्रोत मन्त्री दीपक खड्का,सुदूरपश्चिम प्रदेश सरकारका  मुख्यमन्त्री कमलबहादुर शाहले बोलेका थिए । मन्त्रालयका सचिव सरिता दवाडीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजना प्रमुख प्रेम घिमिरेले गरेका थिए ।

सिँचाई आयोजनाको पहिलो र दोस्रो चरण र विद्युत उत्पादनका लागि २१ अर्ब ३२ करोड ९८ लाख रुपैंया खर्च भएको आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिए ।

समाचार वर्गहरू