छाउपडी बसेकी महिलाको ढुङ्गा लागेर मृत्यु

113

काठमाडौं – अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवती र एक बालिकाको ढुङ्गा लागेर मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ८ बारलामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

यस्तै मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट रहेको भन्दै उपचारका लागि नेपालगन्ज लाने तयारी गरिएको छ ।

गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा  त्रिपाल मुनि सुतेका तीन जनालाई माथिबाट खसेको ढुङ्गा लागेको हो ।

अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रिपाल मुनि र ओडारमा बस्न थालेका छन् । महिनावारी भएका महिलाहरु घरमा नबस्ने, खानेकुरा र गाईबस्तु नछुने कुरालाई छाउपडी बार्नु भन्ने चलन कायमै छ ।

समाचार वर्गहरू