छुदेन काविमोको ‘उरमाल’लाई मदन पुरस्कार, जगदम्बा-श्री प्रेमदेव गिरीलाई

76

काठमाडौं — छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कार दिने निर्णय गरेको हो ।

गुठीले यस वर्षको मदन पुरस्कारका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका थिए ।

मदन पुरस्कार गुठीको विज्ञप्ति –

समाचार वर्गहरू