जनमतबाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयाेगमा दर्ता

56

काठमाडौं – जनमत पार्टीबाट फुटेकाे  जनस्वराज पार्टी निर्वाचन आयाेगमा दर्ता भएको छ ।

निर्वाचन आयोगमा २३ सदस्यीय कार्यसमिति सहित ई.दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ता भएको उपाध्यक्ष ई.सुरेन्द्रनारायण यादवले बताए ।

पार्टी विभाजन गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य चाहिन्छ । जनमत पार्टीका २७ प्रतिशत केन्द्रीय सदस्यले नयाँ पार्टीका लागि आज निर्वाचन आयोगमा सनाखत गरेपछि पार्टी दर्ता भएको उपाध्यक्ष यादवले बताए ।

उनले भने,’साेमबार पार्टी दर्ता भइसकेको छ, ढिलो भएको कारणले आज प्रमाणपत्र दिएन प्रमाणपत्रका आयोगले भोलि १० बजे बोलाएको छ ।’

दीपक साहको अध्यक्षता २३ सदस्य कार्यसमिति गठन भएको छ । त्यसमा सुरज सिंह र सुरेन्द्रनारायण यादव उपाध्यक्ष रहेका छन् । अरू बाँकी सबै जना सदस्य रहेको उपाध्यक्ष यादवले बताए ।

उपाध्यक्ष दीपक साह, अब्दुल खान, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव,प्रवक्ता शरतसिंह यादव, सचिव बिपी यादवलगायत थुप्रैलाई कारबाही गरेका छन् ।

समाचार वर्गहरू