जेनजी आन्दोलन अपडेट – मृत्यु हुनेको संख्या १४ पुग्यो, २२ जनाको अवस्था गम्भीर

79

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो ४ बजेसम्म १४ मृतकको संख्या पुष्टि गरेको हो।

राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना ,सिभिल अस्पतालमा २ र एभरेष्ट  अस्पतालमा ३ जना, केएमसीमा २,त्रिवि शिक्षण अस्पतालमा १ जनागरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयका अनुसार प्रदर्शनमा घाइते करिब २ सय जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सिभिलमा १०० जना बढी,ट्रमा सेन्टरमा ४६ जना ,एभरेष्ट अस्पतालमा ३४ जना ,केएमसीमा ३१ जना,त्रिवि शिक्षण अस्पतालमा १८ जना गरी १९४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्रालयका अनुसार २२ जना घाइतेको अवस्था गम्भीर छ।  ट्रमा सेन्टरमा ४ जना, केएमसीमा ८जना,त्रिवि शिक्षण अस्पतालमा ६ जना र पाटन अस्पतालमा ४ जनासहित २२ जनाको अवस्था गम्भीर छ।

सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका हुन् ।

समाचार वर्गहरू