काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थिति बारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
युवाहरुको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २० जनाको मृत्यु भएको र देशैभर करिब दुई सय जना घाइते भएपछि राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गरेका हुन् ।
मुलुकभर सोमबार भएको जेन-जीको प्रदर्शनमा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् ।
राष्ट्रपति पैडेलले अप्रत्याशितरुपमा भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै उनले आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गर्नुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।