काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार प्रदर्शनकारीले डल्लुस्थित झलनाथ निवासमा आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्।
प्रदर्शनकारीले घरमा आगो लगाएर जलाउँदा झलनाथ त्यहाँ थिएनन् भने उनकी पत्नी रविलक्ष्मी भने घरभित्रै थिइन्।
एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार आगजनीबाट घाइते भएकी उनको अवस्था अहिले सुधारोन्मुख छ। रविलक्ष्मीको स्वास्थ्य अवस्थामा मंगलबारभन्दा सुधार आएको अस्पताल स्रोतले जनाएको छ।