टोटेनह्यामसँग म्यान्चेष्टर सिटी २-० ले स्तब्ध

90

(एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हटस्परसँग म्यान्चेष्टर सिटी पराजित भएको छ । आईतबार घरेलु मैदानमा टोटेनहमले खराब लयबाट गुज्रिरहेको १० खेलाडीमा सीमित सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

आइतबार राति भएको खेलमा टोटेनह्यामको जितमा स्टेभेन वर्गविज्न र ह्युङ मिन सनले एकएक गोल गरे । जितसंगै टोटेनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोटेनह्याम चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ । सिटीको हारले लिभरलुलले लिगमा स्पष्ट २२ अंकको अग्रता लिएको छ ।

अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सीमित बन्यो । ६३ औ मिनेटमा डेब्यु खेलाडी वर्गविज्न भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितसंगै टोेटेनहम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो । सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिएको हो । बर्नलीको मैदानमा पाएको अवसरमा गोल गर्न नसक्दा आर्सनलले घरेलु टिमसँग अंक बाडेको हो । बर्नलीसँगको बराबरीसँगै आर्सनलले २५ खेलबाट ३१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ । बर्नली ३१ अंकसहित ११ औं स्थानमा रहेको छ ।

समाचार वर्गहरू