डाँडामा बसेर २-३ लाख कमाउन सम्भव छ – गगन थापा

113

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डाँडामा बसेर २-३ लाख कमाउन सम्भव रहेको प्रसङ्ग फेरि दोहोर्‍याएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आफूले गरेको परिकल्पना सम्भव रहेको बताए। ‘मैले कीर्तिपुरको डाँडामा बसेर २-३ लाख कमाउन सकिन्छ भन्ने कुराको मैले परिकल्पना गरे। कतिलाई रमाइलो पनि भयो। तर, त्यो परिकल्पना हो। सपना हो। सम्भव पनि छ,’ उनले भने।

महामन्त्री थापाले कुनै पनि व्यक्तिलाई हातमा सीप र क्षमता दिनसके महिनाको २-३ लाख कमाउन सम्भव रहेको बताए। ‘किन सम्भव छ भन्नुहुन्छ भने हामी ‘नलेज इकोनोमी’मा छिरेका छौं। चीनमा जन्मिएका एउटा केटाले डीपसीक बनाए। सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि उनले च्याट जिपीटीलाई चुनौती दिन्छु भन्दै गर्दा त्यो के कुराले सम्भव भयो त ?’ उनले भने।

उनले विपन्न लक्षित कार्यक्रमलाई ‘नलज इकोनोमी’ अवधारणाा लैजान सकिने बताए। ‘नलेज इकोनोमीले ल्याउने अवसरबाट अब विपन्न वर्गका युवायुवती वञ्चित हुनु हुँदैन,’ उनले थपे।

समाचार वर्गहरू