तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरी मनाइँदै

57

काठमाडौं – आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाईतिहार, गाईको पूजाआजा गरी मनाइँदै छ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज नै यस वर्षकाे गोरुतिहार पनि परेको छ । तिथिहरूको घटबढका कारण यो वर्ष गाई र गोरुतिहार एकै दिन परेको हाे।

गाई जगतजननी भएकाले पनि सनातन संस्कृतिअनुसार पूजा गर्ने गरिएको सर्वसाधारण बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणको भनाइ छ ।

समाचार वर्गहरू