थवाङ गाउँपालिका १ मा नेकपाका बुढामगर विजयी

17

(काठमाडौं) – रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका जनकबहादुर बुढामगर विजयी भएका छन् । उनले १७४ मत पाए ।

शनिबार सम्पन्न उपचुनावमा नेकपाका बुढामगरले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि त्यहाँ उपचुनाव भएको हो ।

समाचार वर्गहरू