दरबारमार्गबाट भदौ २४ गते लुटिएको गोलीसहित दुई युवा पक्राउ

53

काठमाडौं – प्रहरीले काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ युवालाई गोलीसहित पक्राउ गरेको छ।

शुक्रबार नरेफाँटबाट बर्दियाको बढैया गाउँपालिका(३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर पक्राउ परेका हुन्।

गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली लाजिम्पाटबाट लुकाएर राखेको अवस्थामा फेला परेको हो। उनको डेराबाट ३११(२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेको छ।

यसैगरी थापा मगरको काठमाडौँ महानगरपालिका मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको डेरा कोठा खानतलासी गर्दा उक्त कोठाबाट  ३११(२३ लेखिएको पेस्तोलको गोली २ थान, छालाको पेटी वेल्टको बक्कल एक सेट फेला पारी बरामद गरिएको हो।

उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको छ।

समाचार वर्गहरू