दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन – सञ्चार मन्त्रालय

72

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।

सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिए।

उनले भने, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उनिहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ।”

औपचारिकरुपमा मेटा लगायत नेपालमा दर्ता नभएका कुनै पनि सामाजिल सञ्जाल दर्ता प्रक्रियाका लागि नआएको उनले प्रष्ट पारे।

समाचार वर्गहरू