काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर मन्त्री खरेलले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।
पदभार ग्रहणपछि मन्त्री खरेलले जेनजीहरूको बलिदानीको जगमा उभिएको सरकार भएकाले यसले युवाहरूको म्यान्डेडलाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।
उनले आन्दोनलका क्रममा क्षति भएका संरचनाको पुनःनिर्माण गर्न सहज भए पनि जनताको मनमा लागेको चोटको पुनःनिर्माण गर्न त्यति सहज नभएको जिकिर गरे। मन्त्री खरेलले ६ महिनामा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी केही कामहरू गर्ने दाबी गरे।