काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संयमित बन्न आग्रह गरेका छन् ।
बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा नेत्रलाल अभागीको कविता सेयर गर्दै धैर्य गर्न र संयमित बन्न आग्रह गरेका हुन् ।
उनले आफूहरू फेरि उठ्ने विश्वास गरेका छन् । ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन् ।
यसैगरी, उनले सेयर गरेको कवितामा आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ भन्ने उल्लेख छ ।
यस्तो छ पोखरलेको स्ट्याटस
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ