नगरपालिकाका मेयर घुससहित पक्राउ

121

काठमाडौं – सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई कल्याणपुर नगरपालिकाको कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो रङ्गेहात पक्राउ गरेको हो।

भुक्तानीको सिलसिलामा उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको समयमा मेयर साहलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

समाचार वर्गहरू