निकोलस भुसालले गाँजा सेवन गरेको स्वास्थ्य परीक्षण रिपोर्ट

93

काठमाडौं – काठमाडौंको माइतीघरबाट पक्राउ परेका अभियन्ता निकोलस भुसालले गाँजा सेवन गरेको पाइएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा लागुऔषध (गाँजा) सेवन गरेको रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

“पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा लागुऔषध (गाँजा) सेवन गरेको रिपोर्ट आएको छ,” एसपी भट्टराईले भने, “उहाँलाई एक वर्षअघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो ।” निकोलसलाई उनका दाजुको जिम्मा लगाएर पठाइएको एसपी भट्टराईले बताए ।

बिहीबार प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

समाचार वर्गहरू