निर्वाचन आयोगमा दल दर्ता गर्ने नेकपाको निर्णय

19

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो । सबै प्रक्रिया पूरा गरेर दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिष्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउनु पर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरि निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नया“ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पछि दल दर्ता गराउनु परेको हो । बैठकले दल दर्ता सम्बन्धी सम्पूर्ण काम गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको बैठक पछि प्रवक्त्ता श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले उपनिर्वाचनको लागि नया“ दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरि सकेको छ । यस्तै, बैठकमा पार्टी एकताका बा“की काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

समाचार वर्गहरू