काठमाडौं । नेकपा एमालेको सचिवालय वैठकमा चर्काचर्की परेको बताइएको छ । सो बैठकमा पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की परेको बताइएको छ ।
शुक्रबार बसको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले बोलेका थिए । उनीहरुमध्ये रामबहादुर थापा बादलबाहेक चारजना उपाध्यक्षले पार्टीको पुर्नगठन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न माग गरेको बताइएको छ ।
उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले अध्यक्ष ओलीको राजीनामा मागेको बताइएको छ । एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने उनीहरुको माग थियो ।
बादल भने ओलीको प्रतिरक्षामा उभिए । ओलीले भने राजीनामा नदिने अडान लिएका छन् । उनले उपाध्यक्षहरुलाई विरोधीहरुसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाए । बैठक आजका लागि स्थगित गरिएको छ । यसरी बैठकमा चर्काचर्की परेपछि सचिवालय बैठक भोली शनिबार बस्ने गरि स्थगीत गरिएको छ ।
अध्यक्ष ओली निवास गुण्डुमा बसेको बैठकमा शुक्रबार नसकिएको उपमहासचिव लेखराज भट्टले बताएका छन् । उनले बैठक शनिबार ११ः३० बजे फेरि बस्ने गरि स्थगीत भएको छ । उनले आज कार्य विभाजनको विषयमा प्रवेश नभएको बताएका छन्। उनले बैठकमा आएको सुझावको आधारमा कार्यविभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बताएका छन्।