नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार छौँ: प्रधानमन्त्री मोदी

86
फाइल फोटो

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका हुन्।

साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यद्यपि भारतले भुकम्पको बेलामा जनाएको सहयोगको प्रतिवद्धता भने पुरा गरेको थिएन ।

समाचार वर्गहरू