नेपालले हङकङलाई ४ विकेटले हरायो (फोटो फिचर)

15

काठमाडौं – नेपालले हङकङलाई ४ विकेटले हराएको छ । पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आइतबार भएको आफ्नो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।

अल अम्रेट क्रिकेट मैदानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको शानदार अर्धशतकिय इनिङ्स खेले । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको ईनिङ्स आरिफ शेख र बिनोद भण्डारीले उकासेका थिए ।

हङकले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन । ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए ।

पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए । आरिफ २१ रनमा आउट भए । बिनोदले नटआउट ५८ रन बनाए । ४८ बल खेलेका बिनोदले ४ चौका र ३ छक्काको मदतले सो रन खडा गरेका थिए ।

सोमपाल कामीले १३ रन जोडेका थिए । हङकङका नर्सुल्ला राना र केली क्रिस्टीले २ २ विकेट लिए । यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

तस्बिर सौजन्य : रमण सिवाकोटी / नेपाली क्रिकेट टीमका टेक्निकल एनालिस्ट

समाचार वर्गहरू