नेपाली सेनाको मेडिकल टीमसहित प्रधानमन्त्री जाजरकोट प्रस्थान

30

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् ।  शनिबार बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् ।

उनीसँगै नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि गएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

शुक्रबार मध्यरातमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा १०० भन्दा बढीको ज्यान गएको छ । प्रधानमन्त्री दाहालले रुकुमपश्चिमको पनि अवलोकन गर्नेछन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू