(काठमाडाैं) – नेपाल १३ औं साग फुटबल प्रतियोगिता सागको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलको यात्रा तय गरेको हो ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।
खेलको इन्जुरी समयमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो । कप्तान जमल भुइयाले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड पाउँदा अन्तिम केहि मिनेट बंगलादेशले १० खेलाडीमा खेलेको थियो ।
सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको हो। अघिल्लो वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो।
जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपाल लगातार तेस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो । बंगलादेशले भने अब तेस्रो स्थानको लागि खेल्नेछ । स्वर्णका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।