पर्साको छिपहरमाई गा.पा.को विभिन्न नाकाबाट प्रहरीको मिलेमतोमा ठूलो मात्रामा तस्करी

46

पर्सा, पोखरिया – विश्व व्यापी महामारीको रुपले फैलिरहेको कोरोना भाईरसका कारण नेपाल-इंडिया सीमा नाका विगत ३ महिनादेखि नेपाल सरकारले सिल गरे पनि पर्सा जिल्लाको छिपहरमाई गा.पा.को विभिन्न नाकाबाट भने ठूलो मात्रामा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

भिस्वालाई पर्सा जिल्लाको दाेस्राे नाकाको रुपमा जानिन्छ । पर्साको मुख्य नाकाहरू बन्द भए पनि ग्रामीण क्षेत्रको भिस्वा नाकालाई पर्साका नामुदत तस्करहरुले प्रहरीको सहयोगमा अवैध धन्गदा गरिरहेकाे खबर  ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा-बंजारी सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर पराजुली, नेपाल प्रहरी भिस्वा चौकीका इन्चार्ज सई प्रेम खत्री रहेका छन् । सुरक्षा निकायकै  सेटिङमा पर्साको नामुद तस्करहरुले भिस्वा , बुढागाई ,भेडिहर्वा , मिर्जापुर भई भारतबाट लकडाउनको बेलामा रातिको समयमा नेपालमा अभाव भएको इलेक्ट्रोनिक पार्ट्स, गाडीका पार्ट्स, हार्डवेयर , कपडा, सुर्ती, रजनीगन्धा , राजनिवास, पानपराग, मैदा, चिनी, खाने तेल, भैंसीलगायतका सामानहरु भारतबाट नेपाल तर्फ भित्रयाउछन भने नेपालबाट भारततर्फ छोकडा, मरिच, केराउ, रक्सी  लगायतका सामानहरु भारतमा रातिको समयमा प्रहरीकै सहयाेगमा तस्करी हुँदै आएको स्थानीयहरुले बताएका छन ।

छिपहरमाईको भिस्वा सीमा नाकामा खटिने सशस्त्र प्रहरीका जवानहरू किसानले ५-१० किलो सामान र मान्छे नाका कटाए वापतमा पनि रकम उठाउने गरिरहेको खबर छन । त्यस्तै केही दिन अगाडि भलुवहीयाको ओरिया खोलाबाट सशस्त्रका सई श्यामानन्द हरिजनको कमान्डमा खटेको टोलीले ७ वटा भैंसी र ४ वटा राँगा समातेर बंजारी केम्पमा बुझाएको थियो । तर प्रहरी निरीक्षक पराजुलीले माथि कुनै पनि जानकारी नदिई ३५ हजारको घुस लिएर छाडेको आराेप लागेकाे छ।

नेपाल सरकारले बढ्दो कोरोना भाईरस महामारीको कारण नेपाल -भारत सीमा लक गरे पनि सशस्त्र प्रहरी बंजारीका प्रहरी निरीक्षक हरि पराजुलीले नेपाल सरकारको नियम विपरीत उनी भारतको बसन्तपुर भन्ने ठाउँमा प्रत्येक दिन जाने र शंकास्पद मानिसहरूसंग  भेटघाट गरेर फर्किने  गरेकाे खबर छ ।

भारतीय सीमा क्षेत्र सिक्टा, मैनाटाड, इनर्वासम्म रक्सी, केराउ, मरिच, छोगडाका लागि  तस्करी गर्न लाइन दिएवापत नेपाल प्रहरीको नाममा र सशस्त्र प्रहरीको नाममा मासिक ५/५ लाख रूपैया छुट्याइएको र त्यो रकम जिल्ला प्रहरी  र प्रदेश पुग्ने गरेकाे स्राेत बताउछ । तस्करीको लाइन दिंदा तलदेखि माथिसम्म मिलाउने  जिम्मा लिने गरेकाे आराेप सशस्त्र प्रहरीका इन्स्पेक्टर हरिबहादुर पराजुली बंजारी बिओपीमा यो दोस्रो पटक बस्ने अवसर पाएपछि लागेकाे छ ।

सशस्त्र प्रहरी नेपालको नियममा एक चोटी कुनै बिओपीमा बसेपछि फेरि अर्को पल्ट त्यो बिओपीमा जान नपाइने भए पनि आफू डीआइजी र आइजीपी खास मान्छे भएर दोस्रो पटक अबसर पाएको तस्करहरुलाई बताउने गरेकाे प्रहरी स्राेत बताउछ ।

स्राेतका अनुसार,  तस्करहरुले मोटरसाइकल, टेम्पो र पीकअप गाडीबाट नाका कटाउने काम गर्ने गर्छन । पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेट्टिंगमा अवैध बस्तु सीमा कटाइन्छ । भिस्वा सीमा नाका हुण्डी कारोबारमा पनि धेरै चर्चामा आउने गरेकाे  छ ।

याे नाकामा तस्करी चम्केकाे समाचार  पटक पटक सञ्चार माध्यममा आएपनि कुनै रोक नलगाई तस्करी धमाधम भईरहेको स्रोतले जनाएको छ ।

सुरक्षा निकायका कमाण्डरहरूकाे  कारणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठन नै पूरा बदनाम हुँदै आएको स्थानीयहरू बताउछन् । यस्तो गैरजिम्मेवार व्यक्तिहरूप्रति सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको स्थानीयहरू बताउछन्। साँघुन्युज बाट ।

समाचार वर्गहरू