काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्र पार्टी बारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न भन्दै चार बुँदे विचार सार्बजनिक गरेका छन् ।
उपमहासचिव शर्माले पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रीत बहसमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।
उनले अहिले सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसको समाधान संबिधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन भएकोमा जोड दिएका छन् ।
जनार्दन शर्माको चार बुँदे आग्रह –
१. बिगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु।
२. गत बर्ष सबै प्रदेसहरुमा भएको परामर्ष बैठक पश्चात केन्द्रिय समितिको बैठकमा भएको बहश र निर्णय अनुसार आषाढ देखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहश गरौ। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।
३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकि राजमार्ग र मध्य पहाडी लोकमार्ग ९ पुष्पलाल राजमार्ग० अभियानबाट आर्जेको उर्जालाई २ बुदे सहमति पश्चात् गिरेको पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौ ।
४. यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन। यसको समाधान संबिधानको संशोधन,अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन नै हो । अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ।
आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ । देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका बिषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुमा राष्टलाई एकताबद्द गर्नेछ । विशेष महाधिबेशनले पार्टी भित्रको बैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, बिधि बिहिनता,सहित नयाँ पुस्ताको भावना र सपना संबोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ ।