पार्टी फुटाउनेहरुको भविष्य बर्बाद पार्छौं – सिके राउत

62

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउत आफ्नो पार्टीमा आएको विभाजनलाई लिएर निर्वाचन आयोगमाथि खनिएका छन् ।

आयोगले केही चेकजाँचै नगरी माथिको आयोगमा दल फोडिदिएको उनको आरोप छ ।

राउतले १० औं लाख लिएर हस्ताक्षर गरिएको भन्दै पार्टी फोड्नेहरुको बर्बाद पारिदिनेसमेत बताएका छन् ।

उनले लेखेका छन्, ‘वाह रे बिकेका निर्वाचन आयोग १ एक दिनमै केही चेकजाँचै नगरी माथिको आदेशमा दल फोड्ने १ जम्मा १४ जनाको हस्ताक्षरले दल दर्ता हुन्छ कि न्यूनतम २१ चाहिन्छ ? त्यसमा पनि निष्कासित भइसकेकाको गणना हुन्छ ? दसौं लाख दिएर साइन गराएका यी सबैको भविष्य बर्बाद पार्छौ्र । कम से कम राम्ररी दर्ता गरिदिनु पर्थ्यो, अब मुद्दा परे त बीचमै झुन्डिएर बस्छ ।’

समाचार वर्गहरू