काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।
नयाँ मूल्य आज राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएकाे छ ।