पेस्ताेल सहित उदयपुरबाट एक पक्राउ

18

(उदयपुर) – पेस्तोल सहित एक युवक उदयपुरबाट पक्राउ परेका छन् ।  उदयपुरको बेलका नगपालिका – ३ सातपत्रेबाट गएराति कटुवा पेस्तोल सहित स्थानीय मनाेज खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

सातपत्रेबाट रामपुर बजार तर्फ आउदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकेर चालकलाइ पेस्तोल देखाइ हातपात गर्न खोज्दा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

उनकाे साथबाट एक थान कटुवा पेस्तोल र गाेली बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

समाचार वर्गहरू