काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर रंगशालामा प्यारापिट र फ्लडलाइट नदेखिएको भन्दै उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जवाफ दिँदै प्रचण्डको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? भनेर प्रश्न गर्नुभएछ। मेरो आग्रह छ— बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। काम भइरहेकै छ।”
ओलीले प्रचण्डको नेतृत्वकालतर्फ संकेत गर्दै थपे, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, तपाईंले केही गर्नु परेन र गर्नु पनि भएन।”
ओलीको स्टाटस जस्ताको तस्तै –
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?