प्रदेश ३ को राजधानी हेटौंडा तोकियो

34

काठमाडौँ — प्रदेश ३ सरकारले प्रदेश ३ को राजधानी हेटौंडा तोकेको छ । आज (आइतबार) बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएसँगै हेटौडा प्रदेश ३ को राजधानी भएको हो । सोहि प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको थियो ।
यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो । हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए ।

समाचार वर्गहरू