प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

104

काठमाडौं – प्रधानमन्त्री केपि शर्मा ओलीको चिन भ्रमण तालिका सार्वजनिक भएको छ ।

शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता हुन भदौ १४ गते चीन जान लागेका प्रधानमन्त्रीको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरेर सार्वजनिक भएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। १६ गते शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

१७ गते प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री ओलीसँगै उच्चस्तरीय प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी हुने भएको छ।

प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछ।

भ्रमण सकेर प्रधानमन्त्री ओली १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

समाचार वर्गहरू