प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ [नामसहित]

48
फाइल फोटो

काठमाडौं – जेन-जी आन्दोलनका क्रममा २५ भदौमा काठमाडौं उपत्यकाअन्तर्गतका प्रहरी कार्यालय तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेकाहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा महोत्तरीका २५ वर्षीय सुजन वाइबा, दोलखाका २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरका २५ वर्षीय अनिल बुढा, गोरखाका २१ वर्षीय निखिल भुजेल, २४ वर्षीय भारतीय सोयव खान रहेका छन्।

यस्तै कञ्चनपुरका २० वर्षीय विकास आगेरी, दोलखाका २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरका २७ वर्षीय राजेश तामाङ, काठमाडौं नागार्जुनका ३२ वर्षीय मोहन तामाङ, नुवाकोटका ३१ वर्षीय सुवास तामाङ, सिन्धुलीका २५ वर्षीय सुचेन तामाङ छन्।

अन्य पक्राउ पर्नेमा काभ्रेका ४१ वर्षीय सुवास गोतामे, कञ्चनपुरका २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकका २९ वर्षीय सविन राई र महोत्तरीका २४ वर्षीय गोविन्दकुमार ठाकुर छन्।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकालाई तोडफोड, आगजनी तथा आपराधिक उपद्रव कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

समाचार वर्गहरू