प्रेस चौतारीको महाधिवेशन आजदेखि, अध्यक्षमा दुई जनाको दाबेदारी

129

काठमाडौं – प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । दुई दिनसम्म विराटनगरमा चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

एमालेनिटक प्रेस चौतारीको महाधिवेशनको उद्घाटन् एमाले महासचिव शंकर पोखरेलले गर्ने भएका छन् । यो महाधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनले ९ जना पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

महाधिवेशनमा हालसम्म अध्यक्ष पदमा दुई जनाले दाबेदारी प्रस्तुत गरेका छन् । उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले अध्यक्षमा दाबेदारी गरेका हुन् । पाण्डेलाई यसअघि एमालेले प्रचार विभाग सचिव बनाएको थियो । तर, महाधिवेशनको मुखैमा उनले उक्त पदबाट राजीनामा दिएर अध्यक्षको दौडमा होमिएका हुन् ।

समाचार वर्गहरू