बहस गर्दागर्दै इजलासमै ढले अदालत जलाउन उक्साउने खरेल

100

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न पुगेका अधिवक्ता सुलभ खरेल इजलासमै ढलेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी खरेल बुधबार प्रतिनिधिसभामा बहसका क्रममा इजलासमै ढलेका हुन् ।

न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेर उनी ढलेको बताइएको छ । बहसका क्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले गएको भदौ २४ गते अदालतमा आगजनी हुनुमा उनको भूमिकामाथि पनि प्रश्न उठाएका थिए ।

‘अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने ? अदालत डढाएर ठीक भयो भन्ने आगजनी गर्ने उपद्रवकारीलाई जथाभावी गर्न उकास्ने ?’ न्यायाधीशले बेन्चबाट उनलाई संकेत गर्दै सोधेका थिए– ‘तपाईंलाई त हामीले एउटा राम्रो कानुन व्यवसायीको रुपमा हेरेका थियौँ । अनि अहिले यही अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्यो भन्ने ?’ इजलासबाट प्रश्न सोधेपछि ‘त्यस्तो होइन, श्रीमान’ भन्दै माफी मागेर उनी थरथर काम्दै ढलेका थिए ।

इजलासमा उक्त प्रश्न गर्नासाथ थरथर काम्दै खरेल ढलेको प्रत्यक्षदर्शी कानुन ब्यवसायीमध्येका एकले बताएका छन् । केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको संसद बिघटनका बिरुद्ध परेको रिटमा युवा कानुन ब्यवसायीका रुपमा बहस गर्ने क्रममा उनी चर्चामा आएका थिए ।

समाचार वर्गहरू