बागमतीमा बानियाँको १४ सदस्यीय क्याविनेट, बहादुर सिँहका ३ जना बाहिरै

134

काठमाडौं – मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छ्न् । कांग्रेसको भागमा परेका ५ मन्त्रालयमा मन्त्री नियुक्तिसहित उनले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले मन्त्रालयको जिम्मेवारी पाएनन् । एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए । साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिइसकेका छन् ।

शुक्रबार कांग्रेसका तर्फबाट प्रभातकुमार तामाङ आर्थिक मामिला तथा योजनामन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, कञ्चनचन्द्र बादे सामाजिक विकासमन्त्री, बिनु रायमाझी सहकारी तथा गरिबी निवारणमन्त्री, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटनमन्त्री र उर्मिला केसी युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूको केहीबेरमा शपथ कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कांग्रेस र एमालेको गठबन्धन रहेको बागमती प्रदेशमा एमालेको भागमा परेको ६ जना मन्त्रीले यसअघि २० साउनमै शपथ लिइसकेका छन्।

यस्तो छ बागमती मन्त्रिपरिषद्का सदस्य एवं कार्यविभाजन – 

(१) इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

(२) मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

(३) शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय

(४) किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय

(५) उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

(६) कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय

(७) डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

(८) प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

(९) भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय

(१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय

(११) जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय

(१२) कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय

(१३) विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

(१४) विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

समाचार वर्गहरू