काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ ।
आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादुर सिंह लामा पक्षधर १४ प्रदेश सभा सदस्यको बैठक बस्न लागेको हो ।
नागपञ्चमीको दिनका कांग्रेस प्रदेश सभा सदस्य तथा बागमती पार्टी सभापति ईन्द्रबहादुर बानियाँले संसदीय दलका नेता बन्ने अभ्यास गरेर लामालाई अल्पमतमा पारेपछि असन्तुष्ट १४ सदस्यहरु बागमती प्रदेश सरकारमा बानियाँको मनोपोलीविरुद्ध एकीकृत भएका छन् ।
अल्पमतमा परेपछि बहादुर सिंह लामाले नियुक्ति दिएका तीन मन्त्रीलाई बानियाँ सरकारमा सहभाग्री गराउने भनेर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सहमति भए पनि बानियाँले सहमति लत्याएको भन्दै लामाले हेटौंडामै साउन २० गते असन्तुष्टि व्यक्त गरेका थिए । उनी पार्टी सभापति देउवासँग छलफल गर्ने भनेर काठमाडौं हिँडेका थिए ।
तर यो बीचमा लामाको सरकार ढाल्न सहयोग गर्ने मन्त्रीहरुलाई प्रमुख सचेतक, संसदको सचिवलगायतका पद बाँडेर बानियाँले सहमतिमा चासो नदिएपछि असन्तुष्टहरुले शनिबार बैठक बसेर टुंगोमा पुग्ने निर्णय गरेका छन् ।
उनीहरुको पुरानै एजेन्डा लामाले प्रदेश सभा सदस्य गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त गरेको र उनीहरुको मन्त्रिमण्डलमा सहभागिता हुनु पर्ने माग छ ।