बाजेको सेकुवाले आईपीओ निष्काशन गर्ने

84

काठमाडौं – चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले १६औँ वार्षिक साधारणसभा असोज २ गते बत्तिसपुतलीस्थित रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेका लागि बोलाएको छ ।

सभाले आईपीओ प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पास गर्नेछ ।

समाचार वर्गहरू