बाढी र पहिरोले इलाममा १८ जनाको मृत्यु

74

काठमाडौं – शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी इलाममा १८ जनाको मृत्यु भएको छ ।

जिल्लाको विभिन्न ठाउँमा १८ जनाकाृ मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

इलामको मानेभञ्ज्याङमा सबैभन्दा धेरै पाँच जनाको मृत्यु भएको उनले बताए  । त्यहाँ चार जनाको शव घटनास्थलमै भेटिएको र एक जनाकोको क्रममा भेटिएको उनले बताए ।

नेपाल–भारत सीमाना छेउमा भएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीको सहयोगमा उद्धार गरिएको उनले बताए । मृत्यु भएको १८ जनाको पहिचान हुन नसकेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ‍पाँच जना, माङसेवुङ गाउँपालिका– १ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा एक जना, देउमाई नगरपालिका–५ धुसुने २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा एक जना र इलाम नगरपालिका– ५ ‍घोसगाउँमा ६ जना गरी १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको खबर नयाँपत्रिकामा प्रकाशीत छ ।

समाचार वर्गहरू