काठमाडौं – बागमतीमा कांग्रेसका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री इन्द्र बानियाँलाई विश्वासको मत दिने भएका छन् ।
बहादुर लामासहित १३ सांसद अहिले भर्खरै प्रदेश सभामा छिरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन निर्देशन दिएपछि आफूहरू काठमाडौंबाट फर्किएको एक सांसदले बताए
लामा पक्षका रामकृष्ण चित्रकार भने हाल देशबाहिर छन् । योसँगै बानियाँले विश्वासको मत पाउने निश्चित भएको छ ।
बानियाँले विश्वासको मत पाएपछी यो सरकारले निरन्तरता पाउने छ ।