बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न बन्यो सिफारिस समिति

96

काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

नव गठित समितिमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल रहेका छन् ।

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस समिति गठन गरेको हो ।

यसअघिका अध्यक्ष शरद ओझा निलम्बन भएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको हो ।

समाचार वर्गहरू