बैतडीमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते

94

काठमाडौं – बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्युु हुनेमा अन्दाजि २४ जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेले बताए।

धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शुक्रबार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको स्थानीय बसन्त बहादुर बिष्टले बताए ।

दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट,  ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना   घाइते भएका सूचना अधिकारी पाण्डेले बताए ।

दुर्घटनाका घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा प्राथमिक उपचार गराइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको  प्रहरी प्रवक्ता पाण्डेले बताए ।

समाचार वर्गहरू