भदौका लागि वाणिज्य ८ बैंकले घटाए ब्याजदर, प्रभुको बढ्यो

150

काठमाडौं – भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ ।

ब्याजदर बढाउनेमा प्रभु बैङ्क रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क,  लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैङ्क रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

कुनको कति छ ब्याजदर ?

समाचार वर्गहरू