काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुन नसक्ने बताएका छन्।
एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
ओलीले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताए।
‘समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन। हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ। नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन’, उनले भने।
अध्यक्ष ओलीले अहिले देशमा चुनावका स्थिति नभएको पनि बताए। त्यसैले एमालेले विघटित संसद्को पुनर्स्थापनाको माग उठाएको उनले बताए।
भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्।