भारतसँगको हारसँगै प्रशिक्षक खड्काको राजीनामा घाेषणा

13

(कास्की)  – नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा घाेेेेषणा छन् । दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

गृह मैदानमा भएको खेलमा नेपाललाई स्वर्ण दिलाउन नसकेको भन्दै उनले पोस्ट म्याच कन्फरेन्समा पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

हारसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापा र खेलाडी मनमाया लिम्बुले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएको छ ।

समाचार वर्गहरू