भारतीय राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार जारी

71

काठमाडौं – नेपालका लागी भारतीय राजदूत नविन श्रीवास्तव भम्भिर घाइते भएका छन् ।

शनिबार दिउँसो करिब २ः३० बजे काठमाडौैं जिल्ला दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जङ्गल क्षेत्रमा दूतावासका दुई अधिकारीसहित हाइकिङ्गमा निस्किएका राजदूत श्रीवास्तवलाई अचानक छाती दुखेपछि ढलेका थिए।

घटनापछि तत्काल नेपाली सेना र प्रहरीलाई जानकारी गराइएपछि संयुक्त उद्दार कार्य सुरु गरिएको थियो। कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका भारतीय राजदूत श्रीवास्तवको पछिल्लो अवस्था सार्वजनिक गरिएको छैन ।

श्री युद्ध कवच गणबाट क्याप्टेन रत्नदीपसिंह ठकुरीको कमाण्डमा ९ जनाको सैनिक टोली तथा सशस्त्र प्रहरी बल दङ्गा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही, कीर्तिपुरबाट इन्स्पेक्टर लोकबहादुर तामाङको कमाण्डमा १७ जनाको टोलीले संयुक्त रूपमा उद्दार गरी अपराह्न करिब ४ः३० बजे सेनाको हेलिकप्टरमार्फत उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो।

अस्पताल स्रोतका अनुसार राजदूत श्रीवास्तवलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार जारी छ। स्वास्थ्य अवस्था गम्भीर रहे पनि थप विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच, विभिन्न शुभेच्छुक, कूटनीतिक निकायका प्रतिनिधि तथा निकट व्यक्तिहरू शीघ्र स्वास्थ्यलाभको कामनासहित अस्पताल पुगिरहेका छन्। रासस

समाचार वर्गहरू